दफा ११
सुदुर पश्चिम विकाससम्बन्धी योजनाको स्वीकृति
११. सुदुर पश्चिम विकाससम्बन्धी योजनाको स्वीकृति
(१) आयोगले तयार गरेको योजनामा परिषद्मा छलफल भएपछि परिषद्को निर्देशनअनुसार नेपाल सरकारको स्वीकृतिको लागि पेश गरिनेछ ।
(२) नेपाल सरकारले सुदुर पश्चिम क्षेत्रमा कुनै आयोजना सञ्चालन गर्दा, नयाँ आयोजना छनौट गर्दा वा कुनै आयोजनाको प्राथमिकीकरण गर्दा आयोगको सहमति लिनुपर्नेछ ।
(३) नेपाल सरकारले सुदुर पश्चिम विकाससम्बन्धी योजना तर्जुमा गर्दा र सोको कार्यान्वयन गर्दा आयोगसँग समन्वय गर्नुपर्नेछ ।